अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३
| Colorodo: 09:28
चीनले शनिबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।पाइसेट–२ का चार उपग्रह लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए । तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट सेन्सिङ डेटा सेवा प्रदान गर्नेछन् ।
यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ५४४औँ उडान अभियान थियो । सन् २०२३ मार्चमा चीनले पाइसेट–१ सहित चार भूउपग्रहको पहिलो प्रक्षेपण गरेको थियो ।