अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 03:33

१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोट : युएईले नेपाललाई दियो १ सय २३ रनको लक्ष्य

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:५६ मा प्रकाशित

१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोली यूएईले एक सय २३ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रन बनायो । युएईका लागि रनिथा रजिथाले सर्वाधिक ३३ बलमा ४८ रन बनाइन् । नेपालका लागि रिया शर्माले तीन तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक विकेट लिए ।

छनोट खेलमा नेपाल र युएईको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल र युएईले जीत हासिल गरेका छन् । बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्यो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया