अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 20:57

मानव तस्करीको आरोप लागेका अधिकारी एमालेबाट निलम्बित

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:४८ मा प्रकाशित

नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई कारवाही गरेको छ ।पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको हो । विज्ञप्तिमा आरोपको अन्तिम निरुपण नहुँदासम्म अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको उल्लेख छ ।

अधिकारीलाई जापान भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका विषयमा शीघ्र छानबिन तथा अनुसन्धान गर्न पनि एमालेले सरकारसँग माग गरेको छ । अधिकारीले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र प्रहरीलाई आफैंले यस बारेमा सूचना दिएर अनुसन्धान गर्न लगाएको बताएका छन् । अधिकारीले संघीय सरकारबाट भ्रमण स्वीकृत नगराइ विदेश गएकाले उनको भ्रमण शंकास्पद देखिएको हो । आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू