अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३
| Colorodo: 14:38
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थाल्नुभएको छ । उहाँले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई ‘चीफ अफ स्टाफ’ मा नियुक्त गर्नुभएको छ ।अमेरिकाको इतिहासमा ‘चीफ अफ स्टाफ’ पदमा पुग्ने वाइल्स प्रथम महिला हुनुहुन्छ । उहाँले ह्वाइट हाउसमा प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका निभाउने बीबीसीको खबरमा उल्लेख छ ।
राष्ट्रपतिको सचिवालयका कर्मचारीको नेतृत्व पनि ‘चीफ अफ स्टाफ’ ले नै गर्छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल अब ७५ दिन पनि बाँकी छैन । गएको मङ्गलवार भएको चुनावमा डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा चुनिनुभयो । साथै उपराष्ट्रपतिमा रिपब्लिकन पार्टीकै जे.डी. भान्स निर्वाचित हुनुभएको छ ।