अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 17:32

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ४:४५ मा प्रकाशित

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि अनुमोदन गर्ने भनी आजको बैठकले निर्णय गरेको व्यहोरा जानकारी गराउँछु ।’ जबराले भन्नुभयो ।

निरौला र पाण्डे दुवै जनालाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू