अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 06:21

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ६:०९ मा प्रकाशित

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ ।डलरको भाउ युरोको भन्दा एक दशमलव ५ प्रतिशतभन्दा धेरैले बढेको छ । अमेरिकाको केन्द्रीय बैंकले आज बढेको मूल्यसहित डलरको भाउ निर्धारण गर्दैछ । विश्लेषकहरूले यसअघि नै ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए ।

मतगणनाको क्रममा ट्रम्पले अग्रता लिएसँगै युरोपका मुख्य शेयर सूचकाङ्कहरू बढेका थिए भने एशियाली बजार विभाजित रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ शेयरहरू प्रभावित भएका छन् ।बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित रहेको पाइएको छ ।

ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि टेस्लाको शेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै बिटक्वाइन ६ हजार डलरले बढेर मार्चको झण्डै ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू