अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 22:58

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

बिआरटीनेपाल २०८१ कार्तिक २० गते ५:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो ।

बोर्डले आर्थिक वर्ष २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा देशभर चार सय ५० मेट कफी आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा  १० करोड रुपैयाँको मात्र आयात गरिएको थियो । बोर्डका निर्देशक दीपक खनालले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू