अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 07:40

टेस्ट क्रिकेटमा भारतमाथि न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते ४:४२ मा प्रकाशित

न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो ।

सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो ।

तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तबाहेक अरू ब्याटरले राम्रो गर्न सकेनन् । ऋषवले ६४ रन बनाए । कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । घरेलु टोली २९ दशमलव १ ओभरमै अलआउछ भयो ।

न्यूजिल्याण्डका एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू