अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 15:43

एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान गर्‍याे

बिआरटीनेपाल २०८१ कार्तिक १६ गते ६:०१ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् । एसएस फाउण्डेसनले बानेश्वरमा एक कार्यक्रम आयोजना गरेर कार्कीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

अस्ति बुधवार सम्पन्न साफ महिला च्याम्पियनशिपमा नेपाललाई फाइनलसम्म पुर्‍याउन अमिशाको महत्त्वपूर्ण भुमिका थियो । उनले फाइनल पनि बङ्गलादेशविरुद्ध गोल गरेकी थिइन् ।

सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आउँदो संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू