पटके असुली रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन
बिआरटीनेपाल२०८१ कार्तिक १५ गते १०:०७ मा प्रकाशित
गृह मन्त्रालयले राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके असुली’ रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।संघीय सरकारको गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा विभिन्न किसिमका करहरू उठाइरहेको पाइएकोले त्यसलाई रोक्न निर्देशन दिएको हो ।