अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२
| Colorodo: 19:57
थाई एयर एसियाले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
यही कात्तिक ११ गते अनुमतिबिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ।
कम्पनीलाई सातामा काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ। भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वत रद्द हुने सर्तसमेत राखी उडान फुकुवा गरिएको छ।