अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 00:29

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको राष्ट्रपतिको भनाइ

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते ९:४५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । उहाँले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो ।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा ‘यस्ता पर्वहरूमध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दशैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’ उल्लेख छ ।

‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवम् वैज्ञानिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू