अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 19:05

मतदातालाई पैसा बाँढ्ने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि अदालतमा सुनुवाइ हुँदै

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते ९:४१ मा प्रकाशित

मतदातालाई १० लाख डलर पुरस्कार दिने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि आज अदालतमा सुनुवाइ हुँदैछ । मस्कले पेनसिल्वेनियामा दर्ता भएका मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेपछि त्यसको विरुद्धमा अदालतमा मुद्दा परेको हो ।

पेनसिल्वेनियाका एक न्यायाधीशले तत्काल एक सुनवाइमा उपस्थित हुन मस्कलाई आदेश दिनुभएको बीबीसीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता लैरी क्रासनरले मस्क र उनको राजनीतिक समूह अमेरिकन पीएसीविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

लैरी क्रासनरले पेनसिल्वेनियाका न्यायाधीशसमक्ष गएको शुक्रवारदेखि यही बिहीवारसम्म मस्कले दिने पुरस्कार रोक्न तत्काल सुनवाइ गर्न अनुरोध गर्नुभएको थियो । यो चुनावमा एलन मस्कले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पूर्ण समर्थन गरिरहनुभएको छ ।

मस्कले नोभेम्बर ५ तारिखमा हुने चुनावसम्म दैनिक ७ स्विङ स्टेट्सका कुनै एक मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ । यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट हुनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले पुस्तिकामा हस्ताक्षर गर्नेहरूलाई १०० डलर र अरुलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहनुभएको छ । अरु स्विङ स्टेट्समा अरुलाई रिफर गर्नेलाई मस्कले ४७ डलर दिइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू