अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११
| Colorodo: 22:26
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताउनुभएको छ ।
बिहीबार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उहाँले ५० हजार सिट क्षमताको रंगशाला नेपालाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताउनुभयो । उहाँले विकास मन नपराउनेहरु पनि रहेको भन्दै सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिटै बनाउने घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशी तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।