अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४
| Colorodo: 18:09
क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको ज्यान गएकाे र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।सन् २०२१ मा सयौं चिहानस्थल फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको प्रतिवेदनले आदिवासी बालबालिकाको ज्यान गएकाे र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
सन् १८३१ देखि १९९६ को बीचमा झन्डै एक लाख ५० हजार आदीवासी बालबालिकालाई विद्यालयमा पठाएकोमा तीमध्ये धेरैजसो घर फर्किएका थिएनन् । प्रतिवेदनले सरकार र चर्चले विद्यालयमा बालबालिकाको मृत्युको योजना बनाएको निष्कर्ष निकालेको छ । अनुसन्धानका विशेष वार्ताकार किम्बर्ली मुर्रेले क्यानाडालाई यस घटनाको अपराधीको संज्ञा दिँदै यस्तो आयोगलाई समर्थन गर्ने देशको दायित्व रहेको बताउनुभयो ।