अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७
| Colorodo: 00:32
गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताउनुभएको छ । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताउनुभयो।
‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उहाँले भन्नुभयो, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’