अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 19:13

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते २२:१३ मा प्रकाशित

उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको यो हालसम्मकै सबैभन्दा घातक आक्रमण हो ।हवाई आक्रमणले उक्त क्षेत्रको पाँच तले आवासीय भवन ध्वस्त भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबलिया, बेइट लाहिया र बेइट हानौन क्षेत्रमा लगतार रुपमा आक्रमण गरिरहेको छ । घटनामा घाइते ५० भन्दा बढीको उपचार भइरहेको छ ।

यता आइडीएफले गाजाका केही अस्पतालहरु हमास लडाकुहरूले प्रयोग गरिरहेको भन्दै छापा मारेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस घटनामा नागरिकको ज्यान गएकोमा अमेरिकाले गहिरो चिन्ता व्यक्त गरेको जनाउनुभएको छ । इजरायलको यो आक्रमण निकै डरलाग्दो भएको र आक्रमणमा दुई दर्जन बालबालिका मारिएको भन्दै दुख व्यक्त गर्नुभएको छ । उत्तरी गाजामा हाल नागरिकहरुले गहिरो मानवीय संकटको सामना गरिरहेको बेला इजरायलले आक्रमण तीब्र पारेको हो ।

यसैबीच संयुक्त राष्ट्र मानवअधिकार प्रमुख भोल्कर टर्कले इजरायली सेनाले सम्पूर्ण जनतालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारेको आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू