अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 20:44

वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ७:०६ मा प्रकाशित

चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ ।चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबरका मालसामान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।गएको आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरका सामान आयात भएका थिए ।

चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो । गत तीन महिनामा समग्रमा राजस्व संकलनमा भने वृद्धि भएको छ । चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् भने गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया