अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 15:55

अमेरिकामा मतदातालाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:४८ मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावलाई लक्षित गरी मतदाताहरुलाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर भएको छ ।फिलाडेल्फियाका मुख्य अभियोजकले मस्क र उहाँको ट्रम्प समर्थक राजनीतिक कार्य समिति पीएसीविरुद्ध मुद्दा दायर गरेका हुन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको समितिविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गर्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि गएको हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पीएसीलाई एक पत्र पठाउँदै १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी पनि दिएको थियो । यो कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई पैसा दिन प्रतिबन्ध लगाउँछ । मस्कले रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गएको जुलाईदेखि मतदाताको थप समर्थन जुटाउन आफ्नो लाखौँ डलर र समय खर्चिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू