अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 10:03

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावनादुत बनाउने तयारीमा छौं : खेलकुदमन्त्री चौधरी

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते ५:५४ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै खेलकुदमन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

खेलकुदमन्त्री चौधरीले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रस्ताव लैजाने कोशिस गरिरहेको बताउनुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरुसँग आह्वान गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गर्नुभयो ।

खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू