अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि शुरु

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ६:१५ मा प्रकाशित

गैरआवासीय नेपाली संघ(एनआरएनए) को ग्लोबल सम्मेलन शुरु भएको छ । सम्मेलन आज र भोली काठमाडौंमा हुनेछ । रूपान्तरण र एकता, श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ आज र भोली एनआरएनएको ‘ग्लोबल’ सम्मेलन काठमाडौंमा आयोजना भएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो। कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ ।

यसैगरि दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवम् सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू