अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 13:29

साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ५:०१ मा प्रकाशित

भुटानलाई हराउँदै साविक विजेता बङ्गलादेश दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १ गोल गरे । भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी साढे ६ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल समूह ‘बी’ को विजेता बन्दै र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू