अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 12:21

उसुको थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले कांस्य पदक जिते

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:५८ मा प्रकाशित

उसुको थाउलो विश्वकपमा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् । जापानको योकाहा शहरमा चलिरहेको उसुको तेस्रो थाउलो विश्वकपमा नेपालका विजयले ऐतिहासिक कांस्य पदक जितेका हुन् ।

आज बिहान सकिएको प्रतिस्पर्धामा उनले ९ दशमलव ६३६ अङ्क प्राप्त गर्दै कांस्य पदक जितेका हुन् । नौ जना खेलाडीबीच प्रतिस्पर्धा भएकोमा विजयले अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पारे । यो प्रतिस्पर्धामा मलेसियाका वेन सन वोङले स्वर्ण पदक र जापानका मोटोयोशी अराकीले रजत पदक जितेका छन् ।

उसुको थाउलो विश्वकपमा नेपालबाट विजयसहित दीपक हमाल, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङ छन् । अहिलेसम्म विजयले मात्र पदक जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू