अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

विधिको शासन कायम गर्दा विरोध गर्ने परिपाटी राम्रो होइन : उपप्रधानमन्त्री सिंह

बिआरटीनेपाल २०८१ कार्तिक १० गते ६:०४ मा प्रकाशित

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा विरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नुहुँदैन भन्ने काम गरेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताउनुभयो । उहाँले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताउनुभयो । उहाँले विपक्षले उठाएका आवाजहरु तर्कसंगत नरहेको जिकिर गर्नुभयो । उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू