अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ कार्तिक १० गते ६:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएको छ ।शनिबार काठमाडौंमा कोप(२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको बताउनुभयो । उहाँले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भउको दाबी गर्नुभयो । उहाँले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू