अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

इजरायलले इरानमा आक्रमण थाल्यो, ठूलो युद्धको डर

बिआरटीनेपाल २०८१ कार्तिक ९ गते २३:४५ मा प्रकाशित

इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि इरानले छलफल थालेको छ ।

यही अक्टोबरको १ तारिखमा इरानले इजरायलमा २ सयवटा मिसाइल हानेको थियो । त्यसैको जवाफमा आज इरानलाई आक्रमण गरेको इजरायलको भनाइ छ ।इरानले पनि आक्रमण गर्ने सम्भावना रहेको भन्दौ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरु अहिले बंकरमा लुक्नुभएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इजरायल र इरानबीच पूर्ण क्षमताको युद्ध भएमा यसले मध्यपूर्व मात्र नभई विश्वलाई नै युद्धमा धकेल्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू