अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

पाेखरामा रास्वपा नेता कार्यकर्ताले आज पनि आन्दाेलन गरे

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ६:०७ मा प्रकाशित

कास्कीकाे पोखरामा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि आन्दोलन गरेका छन् ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न आज अनुमति दिएसँगै निरन्तर आन्दोलन गर्दै आएका पार्टीका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । पछिल्लो एक हप्तादेखि भइरहेको प्रदर्शनले पोखराको जनजीवन पनि प्रभावित बनेको छ ।

सूर्यदर्शन सहकारीका पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गर्दै आएका छन् । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार शहीद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञाका कारण नागरिकसँगै पर्यटक पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू