अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

एउटै मार्ग विपश्यना हो

शालिकराम घले २०८१ कार्तिक ७ गते १३:०० मा प्रकाशित

दशैं आयो,
तिहार आयो,
गरिबलाई ऋण बोकायो
परदेशीको पीडा जगायो!

महान चाड हो हाम्रो दशैं
बाल-बच्चा नयाँ लुगा भन्छन्
मिठो मसिनो खानामा पर्खिन्छन्!!

बजार गयो भाउ आकाशमा छुने
भन कसरी दशै मनाउने
राम्रो नाना मिठो खाना
सपनाहरु सबै तुहिएर जाने!!!
तर,
बाल- बच्चालाई खुसी दिनु छ
बुबा-आमालाई ढोग गर्नु छ
प्राणीहरूको हत्या नगरी
दशैं साधनामय बनाउनु छ।

बुद्ध जन्मेको देश हाम्रो
अहिंसाको पाठ पढ्नु छ।
गुन्जिएका बुद्धका स्तुतिहरूले
शान्तिको मार्ग पहिल्याउनु छ।

बाढी र पहिरोको व्यथाहरूमा
सबै मिलेर प्राण भर्नु छ,
तास र जुवाको पर्व होइन- दशैं
प्रकृति प्रकोपसँग खुसी साट्नु छ।
हो,
मनाउनु पर्छ दशैं तिहार
दुःख-सुख बाँड्ने मौका हो
जीवन साधनामय बनाउने
एउटै मार्ग विपश्यना हो।


बकैया -०९, मकवानपुर