अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

टी–२० आईको ब्याटिङ वरियतामा कुशल भुर्तेलको ३१ स्थान सुधार

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते ८:२२ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।

अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।

टी–२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू