अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

एफसी १७ वर्षमुनिको एशियन कप छनोट : नेपालले भोलि बिहान जापानसँग खेल्दै

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते ७:३१ मा प्रकाशित

एफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा भोलि बिहान साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार भोलि बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू