अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

रुसबाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:४२ मा प्रकाशित

युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना मस्को पुगेको भन्दै दक्षिण कोरियाले गम्भीर आपत्ति प्रकट गरेको छ ।दक्षिण कोरियाले सोमबार रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम लिइरहेको भनिएका उत्तर कोरियाली सैनिकलाई तत्काल देश फर्काउन माग गरेको छ ।दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार विशेष बलका सैनिकहरू सहित लगभग १५ सय उत्तर कोरियाली सैनिकहरू रूस पुगेका छन् । यो संख्या १२ हजार नाघ्ने केही मिडियाहरुको दाबी छ ।

दक्षिण कोरियाका लागि रुसी राजदूत जर्जी जिनोभिएभसँगको भेटमा दक्षिण कोरियाका उप–विदेशमन्त्री किम होङ–क्युनले यस कदमको निन्दा गर्दै सियोलले “उपलब्ध सबै उपायसहित जवाफ दिने’’ चेतावनी दिएका छन् । रुसी राजदुत जिनोभिएभले मस्को र प्योङयाङबीचको सहयोग “अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र’’ रहेको कुरामा जोड दिए । उत्तर कोरियाले रुसी सेनालाई सहयोग गर्न सेना पठाएको आरोप भने उनले पुष्टी गरेनन् । उत्तर कोरियाले भने यस आरोपमा कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू