अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

विचाराधिन विधेयकहरुलाई संसदको आगामी अधिवेशन अगावै समितिबाट पारित गर्न सभामुखको निर्देशन

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:३० मा प्रकाशित

सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधिन रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिनुभएको छ ।मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दलका प्रमुख सचेतक, सचेतक तथा समिति सभापतिहरुसँग छलफल गर्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुखले समितिमा रहेका विधेयकहरु आगाी अधिवेशनमा अनिवार्य रुपमा सदनमा पेश गर्न निर्देशन दिनुभएको जानकारी दिनुभयो । छलफलमा समिति सभापतिहरुले सांसदहरुको बैठकमा अनुपस्थिति भएका कारण कोरम पुग्नै समस्या परिरहेको भन्दै सहजीकरणका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले समिति बैठकमा कोरम नपुग्दा सम्बन्धित समितिले आग्रह गरे बमोजिम दलहरुले सहजीकरण गरिदिने प्रतिवद्धता व्यक्त गरिएको बताउनुभयो । उहाँले सबै सांसदहरुलाई संसदीय समितिको काममा केन्द्रित हुन भुमिका खेल्ने र विधेयकहरुलाई अगाडी बढाइने बताउनुभयो । त्यस्तैगरी, बैठकले विभिन्न ४४ देशका संसदसँग भएको ‘पार्लियामेन्ट्री फ्रेन्ड्ससिप ग्रुप’का लागि संयोजक तोक्न दलहरुका बिचमा भागबन्डा गरिएको पनि जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले समिति बैठकमा अनुपस्थित हुने सांसदहरुको बारेमा ठोस रुपमा जानकारी गराउन संसद सचिवालयलाई आग्रह गरिएको बताउनुभयो । उहाँले समिति बैठकमा कोरम पु¥याउनका लागि दलको तर्फबाट पहलकदमी लिने पनि बताउनुभयो । बैठकमा बोल्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले अब समिति बैठक नरोक्ने गरी अघि बढ्ने बताउनुभयो । विधेयकहरुलाई चाँडोभन्दा चाँडो पारित गर्ने छलफलको निष्कर्ष रहेको बताउनुभयो ।

सभामुखले बोलाउनुभएको छलफलमा दलका प्रमुख सचेतक,सचेतक,समिति सभापतिहरुको अलावा उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संघीय संसद सचिवालयका महासचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू