अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ७:१६ मा प्रकाशित

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड डलर गुमाएको उद्योग सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अहिले पनि बङ्गलादेशमा गार्मेन्ट उद्याेगका मजदूरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन कहिलेकाहीँ हिंसात्मकसमेत हुने गरेको खबरमा उल्लेख छ । बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो । दक्षिण एशियाली देशका तीन हजार पाँच सय गार्मेन्ट उद्याेगले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको झन्डै ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू