अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरा र चितवनमा प्रदर्शन

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:१० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेको विरोधमा आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ ।राजनीतिक प्रतिशोध राखेर लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियालाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

उता चितवनमा पनि रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । सहकारी ठगी र संगठित अपराधको आरोपमा गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राती नै पोखरा ल्याइएको  थियो । थियो । कास्की जिल्ला अदालतमा हिजो भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू