अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख ६५ हजार ६ सय

बिआरटीनेपाल २०८१ कार्तिक ५ गते ६:०७ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ ।आज सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू