अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

राहत र पुनः स्थापनामा सरकार दृढ: प्रधानमन्त्री

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ७:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनः स्थापना दिने कर्तव्य पूरा गर्न सरकार दृढ र सक्रिय रहेको बताउनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइबार सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताउनुभयो।

प्रधानमन्त्री ओलीले विपद् लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिनुभयो। सो अवसमा कोषमा नेपाल आयल निगमबाट तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख (यसअघि २० लाख दिइसकेको), माछापुछ्रे बैंकबाट २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट एक लाख हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू