अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

पोखरामा प्रदर्शनकारीमाथि हस्तक्षेप, प्रहरीले पानीको फोहोरा हान्यो

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ७:०६ मा प्रकाशित

कास्कीको पोखरामा रवि लामिछानेका समर्थकमाथि प्रहरीले हस्तक्षेप परेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको हो ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि समर्थकहरू अदालत नजिकै प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै प्रदर्शन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू