अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

गाजाकाे शरणार्थी शिविरमा इजरायली आक्रमण : ३३ जनाकाे ज्यान गयाे, ‘युद्धविरामको प्रयास निकै कठिन’

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:४६ मा प्रकाशित

गाजाको उत्तरी क्षेत्र जबालियामा रहेको एक शरणार्थी शिविरमा इजरायलको आक्रमणमा परी ३३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा २१ महिलासहित ३३ जनाको ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।इजरायली सेनाले विगत केही हप्तादेखि सघन जनसङ्ख्या भएको शिविरमा घेराबन्दी गर्दै आएको थियो । यही हप्ता इजरायली आक्रमणमा हमासका प्रमुख नेता याह्या सिनवार पनि मारिएका थिए ।

यसैबीच युद्धविरामको प्रयासलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो वक्तव्य बाहिर आएको छ । बाइडेनले लेबनानमा युद्धविरामलाई लिएर काम गर्ने सम्भावना धेरै रहेको र गाजामा युद्धविरामको प्रयास निकै कठिन रहेको बताउनुभएको खबरमा उल्लेख छ । हमास समूहका नेता याह्या सिनवारको मारिएपछि युद्धको अन्त्यको सम्भावना बढे पनि समूहका उपनेताले भने हमास अझ बलियो हुने बताएका छन् । इजरायलले गाजामा हमासविरुद्ध र लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू