अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 12:44

दुई तिहाइको सरकारले दम्भ देखाएको रास्वपाका उपसभापति अर्यालको आरोप

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेको विरोधमा आज पोखरा, काठमाण्डौसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । पोखराको मानव अधिकार चोकमा उनका समर्थकले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीलाई पार्टीका उपसभापति डिपी अर्यालले संवोधनसमेत गर्नुभएको छ । उहाँले आफ्नो पार्टीका सभापतिलाई पक्राउ गरी दुई तिहाइको सरकारले दम्भ देखाएको आरोप लगाउनुभएको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता/कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै पोखरा, काठमाण्डौको माइतीघरसहित विभिन्न ठाउँमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रूपमा गोरखा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि लामिछाने हिजो काठमाण्डौबाट पक्राउ परेका हुन् । उनलाई गएराति काठमाण्डौबाट पोखरा लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज सार्वजनिक बिदा रहेकोले भोलि मात्र अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू