अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

नवलपुरको कावासोतीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ५:४३ मा प्रकाशित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले जीप दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू