अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

माओवादी पार्टीहरुलाई एकतावद्ध गरिन्छ -अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ कार्तिक ३ गते ६:०३ मा प्रकाशित

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट अलग भएका सबै पार्टीहरुलाई एकतावद्ध गर्ने संकल्प लिएको बताउनुभएको छ । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा उहाँले माओवादी धारका सबै राजनीतिक पार्टीहरुलाई एकतावद्ध गराएर २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने दावी गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले २०८४ सालमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि बताउनुभयो । उहाँले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको जिकिर पनि गर्नुभयो ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो बिन्दु आएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आम जनतालाई एकतावद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू