अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 11:54

नियमित चल्न थाल्यो मनकामना केबलकार

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ४:२२ मा प्रकाशित

मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताउनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू