अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

चिसोसँगै बालबालिकामा स्वास्थ्य समस्या बढ्दो, डाक्टरको सुझावविना औषधि किनेर नखुवाउन सुझाव

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ३:४६ मा प्रकाशित

मौसम परिवर्तनसँगै बालबालिकामा सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने क्रम बढेको छ ।

असोज अन्तिम हप्तादेखि बिरामी बालबालिकाको सङ्ख्या बढेको कान्ति बाल अस्पताल महाराजगञ्जका सूचना अधिकृत रमेश नर्सिङ केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालको ओपीडीमा दैनिक पाँच सय जना बालबालिका लिएर अभिभावक पुग्ने गरेका छन् ।

मौसम परिवर्तनसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, जन्डिस, झाडापखला, निमोनिया, टाइफाइड, दमलगायतका श्वासप्रवासको समस्या, छालाको सङ्क्रमणजस्ता स्वास्थ्य समस्या बढी देखिने अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापगाईंले बताउनुभयो । सङ्क्रमणजन्य स्वास्थ्य समस्या देखिएमा तुरुन्तै औषधि किनेर नखान डा. चापागाईंको आग्रह छ । यस्तो समस्या भएमा घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नुनपानी, बेसार पकाएर खान दिएर निको बनाउन सकिने उहाँले बताउनुभयो । समस्या बढ्दै गएमा चिकित्सकको परामर्शमा औषधि खुवाउन डा. चापागाईंको सुझाव छ ।

बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्छ । यस्तै ताजा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउने, मौसमी फलफूल राम्रोसँग सफा गरेर खान दिने गरेमा बालबालिकालाई मौसमजन्य समस्याबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू