अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

सन्दीपलाई अमेरिकाले भिसा दियो, आजै बेलुका जाँदै

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ३:४३ मा प्रकाशित

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई अमेरिकाले भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

सन्दीपले अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्नेछन् । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय शृङ्खला यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुँदैछ ।

अहिले अमेरिका र नेपालबीच तीन खेलकाे टी–२० शृङ्खला चलिरहेकाे छ । याे शृङ्खलाकाे पहिलाे खेल नेपालले जितेकाे छ । टी–२० शृङ्खलापछि लिग–२ काे खेल शुरू हुनेछ ।

यसअघि अमेरिकाले भिसा नदिएका कारण सन्दीप आईसीसी टी–२० विश्वकप अन्तर्गत अमेरिकामा भएका खेलहरूमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू