अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ०:२७ मा प्रकाशित

विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

आज बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको सहभागी एक नेताले जानकारी दिएका छन् ।

सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताइएको छ ।

यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू