अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ६:३७ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । असोज ३० गतेसम्ममा उक्त रकम राहत कोषमा दाखिला भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको छ ।

कोषमा संस्थागत तथा व्यक्तिगत दुवैबाट रकम जम्मा भएको छ । असोज ३० गते कोषमा दश वटा सङ्गठित संस्थाहरुले रकम प्रदान गरेका छन् ।

राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ दाखिला गरेका छन् । यस्तै नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी र विद्युत् उत्पादन कम्पनीलगायतले कोषमा रकम जम्मा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू