अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

सरकार परिवर्तनको भ्रममा नपर्नुहोस् : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।दशैंपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो । २०८४ सालको दशैंपछि सरकार परिवर्तन हुने उहाँको जिकिर थियो ।

६९ औं प्रहरी दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहो¥याउनुभयो । उहाँले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस-एमाले गठन सरकार कायमै रहने दाबी समेत गर्नुभयो । कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिब दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताउनुभयो । त्यस अवसरमा उहाँले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशा समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू