अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

३.८५ प्रतिशतमा झर्‍यो महंगी

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:५६ मा प्रकाशित

चालू आर्थिक वर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महंगी घटेको छ  ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार भदौ महिनामा मुद्रास्फीति ३.८५ प्रतिशतमा रहेको छ ।अघिल्लो वर्षको भदौमा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा महंगी घटेको छ ।

त्यस्तै, भदौ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ ।अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ ।​ मर मसला उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू