अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

भदौमा महिना थपियो ६० अर्ब विदेशी मुद्रा सञ्चिति, पुग्यो २१ खर्ब ५२ अर्ब

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:५० मा प्रकाशित

आयात सामान्य बढे पनि रेमिटेन्समा भएको वृद्धिले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो महिना (साउनदेखि भदौ) सम्म विदेशी मुद्राको सञ्चिति २१ खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १६ अर्ब तीन करोड डलर छ। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १३ महिना १७ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।

आयात १.१ प्रतिशतले बढेर दुई खर्ब ६२ अर्ब रूपैयाँमा पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा दुई खर्ब ५९ अर्ब रूपैयाँको आयात भएको थियो। दुई महिनामा दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।त्यस्तै, विदेशी मुद्राको अर्को स्रोत प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत दुई अर्ब ७१ करोड भित्रिएको छ। यो सेयर पुँजीको रूपमा भित्रिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू