अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

दशैँ बिदापछि सुनको भाउ बढ्यो : तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३८ मा प्रकाशित

दशैँ बिदापछि आजको कारोबारमा सुनचाँदीको भाउ बढेको छ । आज दशैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दशैँ बिदाअघि असोज २३ गते बुधवार सुनको भाउ तोलामा  एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । दशैँ बिदाअघि चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ  थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू